बिहिबार, ०३ वैशाख २०८३
सोमबार, १६ चैत २०८२ · राजनीति
काठमाडौँ, चैत १६ । नेकपा एमालेका सचिव महेश बस्नेतले आज दिउँसो १ बजे माइतीघर मण्डलामा हुने विरोध कार्यक्रममा सशक्त रुपमा सहभागी हुन सम्पूर्ण एमालेजनहरूलाई अनुरोध गर्नुभएको छ।
हिजो साँझ अबेरदेखि नेपाल प्रहरीले बस्नेतलाई पक्राउ गर्न खोजिरहेको हल्ला व्यापक रूपमा चलेको थियो साथै नेकपा एमालेको केन्द्रीय कार्यालय र बस्नेतको गुन्दु स्थित घर वरपर अबेर रातिसम्म बाक्लो रुपमा प्रहरीको उपस्थिति रहेको थियो।
वर्तमान बालेन नेतृत्वको सरकारलाई अधिनायकवादी र निरंकुशको संज्ञा दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तवरले गिरफ्तार गरेको आरोप लगाउनुभयो। उहाँले आजको प्रदर्शन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र गृहमन्त्री सुदन गुरुङको अराजक गतिविधिहरूको विरोधमा हुने सामाजिक सञ्जाल मार्फत जनाउनुभएको हो।
साथै, उहाँले अन्तिममा आफू पनि सो आन्दोलनमा सहभागी हुने र मोर्चामै अन्य नेता कार्यकर्ताहरूसँग भेट हुने कुरा लेख्नुभएको छ। के आज महेश बस्नेत विरोध कार्यक्रममा आउँदा पक्राउ पर्लान् त ?