logo-image

मङ्गलबार, १९ साउन २०८३

मधेसमा आन्दोलन हुँदा सधैं गोली मात्रै किन चल्छ ? -सांसद सिंह

मङ्गलबार, १९ साउन २०८३ · राजनीति

मधेसमा आन्दोलन हुँदा सधैं गोली मात्रै किन चल्छ ? -सांसद सिंह

काठमाडौं, साउन १९ ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ ? भन्दै राज्यसँग प्रश्न गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले मधेश प्रदेशमा साम्प्रदायिक तनाव, थारुहट आन्दोलन तथा मधेश आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सिधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अँश्रुग्याँसको व्यवस्था किन गरिँदैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आन्दोलन तथा दंगा नियन्त्रणमा कस्तो सुरक्षा व्यवस्था गर्ने भन्ने विषयमा सुरक्षा निकायलाई उचित तालिमको व्यवस्था गर्न समेत सरकारसँग कमाग गर्नुभयो । उहाँले प्रहरीको लागि लाठी र अँश्रुग्याँसको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गर्नुभयो । उहाँले मुलुकमा सामाजिक सद्भाव कायम गर्न समेत सबैमा अपिल गर्नुभयो । उहाँले अहिलेको आवश्यकता समूदाय समूदाय एकआपसमा लड्ने नभई मुलुकमा विद्यमान गरिवीसँग लड्ने रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘म यो सदनमार्फत सबैलाई अपिल गर्न चाहन्छु, अहिले हाम्रो आवश्यकता सामाजिक सद्भाव कायम गर्ने र गरिवीसँग लड्ने हो । पछौटापनसँग लड्ने हो, असमानतासँग लड्ने हो । समूदाय समूदायबीच लड्ने समय होइन । सुनसरीको घटनामा हाम्रो पार्टी सभापतिबाट भएको अग्रसरता सराहनीय छ त्यसको लागि उहाँलाई धन्यावाद दिन चाहन्छु । म त्यही भूगोल र त्यही समूदायको सांसद हो । प्रधानमन्त्रीले पनि ढिलै भएपनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो । जुन पहिल्यै गर्नुपर्ने थियो । तर साथसाथै म यहाँ प्रश्न पनि गर्न चाहन्छु, खम २०६३ देखि सांसद छु । मेरो प्रश्न राज्यसँग छ, मधेशमा साम्प्रदायिक, थारुहट तथा मधेश आन्दोलन हुन्छ, त्यहाँ गोलीमात्र किन चल्छ ? त्यहाँ लाठी र टियर ग्याँस किन चल्दैन ? नेपालबाहेक दुनियमा कुनैपनि देशमा पुलिसलाई एसएलआर दिइँदैन, नेपालमा मात्र दिइन्छ । या त प्रहरीलाई टे«निङ पुगेन या सुरक्षा निकायको मनोविज्ञान नै यस्तै हो ? कि जाने बित्तिके गोली ठोक्छ । म सरकारसँग आग्रह गर्न चाहान्छु, लाठी चार्ज र टियरग्यासको व्यवस्था गरोस् ।  न कि सिधै गोली हानोस् ।’
उहाँले अगामी दिनमा धार्मिक तथा साम्प्रदायिक दंगा हुन नदिने कुरामा राज्य सचेत हुनुपर्नेमा समेत जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल