बिहिबार, ०३ वैशाख २०८३
आइतबार, २९ चैत २०८२ · अर्थ
काठमाडौं, चैत २९ । अहिले ह्वाट्सएप ह्याक गर्दै पैसा माग्ने क्रम बढेको छ । राज्यसत्ताको उच्च ओहोदामा रहेकासँगै सर्वसाधारणको समेत ह्वाट्सएप ह्याक गरेर पैसा लाने क्रम बढेको हो ।
चैतसम्म २ सय ९६ जनाको ह्वाट्सएप ह्याक भएको छ । बैंक तथा डिजिटल वालेट ह्याक गरि ९ सय ७३ जनाको पैसा लुटिएको छ ।
चैत २५ गतेसम्म २ सय ९६ जनाको ह्वाट्सएप ह्याक गरि पैसा मागिएको प्रहरीको साइबर ब्युरोमा उजुरी छ । गत वर्ष ३४ वटा यस्ता उजुरी आएकामा यो वर्ष यस्ता उजुरी ८ गुणाले बढेको छ । जबकी आर्थिक वर्ष २०८०÷०८१ मा यस्तो उजुरी २१ वटामात्रै परेका थिए ।
साथै चैत २५ गतेसम्म ह्वाट्सएप तथा अन्य सोसल मिडिया ह्याक गरि रकम माग्ने जस्ता गैरकानुनी काम गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा ६ सय ८० जनाको उजुरी आएको छ ।
ओटीपि तथा लिंक मार्फत बैंक तथा डिजिटल वालेट ह्याक गरि ९ सय ७३ जनाको पैसा लगेको पनि उजुरी छ । जबकी ओटीपि तथा लिंक मार्फत बैंक तथा डिजिटल वालेट ह्याकगरि पैसा लगेको गत वर्ष २ सय ८९ वटा मात्रै उजुरी परेको थियो ।
यसरी ह्वाट्सएप ह्याक गरेपश्चात नागरिकताका आधारमा मात्रै खोलिएका खाता तथा यसअघि लामो समय सञ्चालनमा नरहेका खाता ह्याकरले प्रयोग गर्ने गरेका छन् । र, यस्तो रकम प्रहरीले फिर्ता गर्न खास सकेको छैन । त्यसैले यसको नियन्त्रणका लागि बैंक खाता नागरिकताका आधारमा मात्रै खोल्न रोक्नुपर्ने बताउँछन् ।
यसरी ह्वाट्सएप ह्याक हुनुमा प्रयोगकर्ताको मूख्य कमजोरी रहेको देखिन्छ । किनभने डिजिटल साक्षरताको अभावमा प्रयोगकर्ताल प्रलोभन वा त अन्जानमा विभिन्न लिंक खोल्ने र ओटिपी सेयर गर्ने गरेका छन् ।
साथै ब्यान्डविथ तथा सर्भर नरहेकाले पनि हाम्रो इन्टरनेट नै अससुरक्षित रहेको बिज्ञको दाबी छ। नेपालमा साइबर सेक्युरीटी क्षेत्रमा काम गर्नेहरुमा नै बिज्ञताको अभाव सँगै यसको निरुपणका लागि कानुनको समेत अभाव छ ।