बिहिबार, ०३ वैशाख २०८३
बुधबार, १८ चैत २०८२ · अर्थ
काठमाडौं, चैत १८ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने बताएका छन् । मङ्गलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।
अर्थमन्त्री वाग्लेले चेम्बरका पदाधिकारीहरूलाई के भने ?
* तपाईंहरूलाई उँड्ने, फैलने सुविधा राज्यले दिन्छ । देश बनाउने हुटहुटी बोकेर आएका छौँ । अर्थतन्त्र बलियो बनाउने हो । आउनुस् हातेमालो गरौँ ।
* इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन हामीले काम गर्छौँ । राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी पाउँदैन त्यसको ग्यारेन्टी म गर्छु ।
* उद्योग, गर्न अर्थतन्त्र बनाउन राज्यले के के गर्नु पर्छ भन्नुस् हामी सबै गछौँ । तपाईंहरू पनि इमानदार भइदिनुस् ।
* अर्थतन्त्र बलियो बनाउन, मुलकको सर्वाङ्गीण विकास गर्ने काममा सबैजना एक ठाउँमा उभिन तयार बनौँ ।
* मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनुस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु तर, नियोजित र प्रायोजित गल्ति र बेइमानीमा भने हामी निर्मम हुन्छौँ।
* नेपाल एलडीसीमा स्तरोन्नति गइहाल्छ कि भन्ने निजी क्षेत्रको पिरलाई मैले बुझेको छु। म यो तत्काल हुँदैन भन्ने मान्यता राख्छु ।