शुक्रबार, १२ असार २०८३
शुक्रबार, १२ असार २०८३ · राजनीति
काठमाडौँ, असार १२ । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या २ सय ३५ पुगेको छ ।
भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले बिहीवार साँझ पछिल्लो विवरण सार्वजनिक गर्दै मृतकको संख्या २ सय ३५ पुगेको पुष्टि गरेको हो ।
अघिल्लो दिन देशमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । सोही प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।