बिहिबार, २५ असार २०८३
बिहिबार, २५ असार २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, असार २५ । संयुक्त राज्य अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण सम्पन्न गरेको छ ।
अमेरिकी सेन्ट्रल कमाण्डले यससम्बन्धी आधिकारिक जानकारी गराएको हो । हर्मोज जलडमरूमध्य भएर यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले इरान लक्षित यी आक्रमणहरू गरेको सेन्ट्रल कमाण्डले जनाएको छ ।
यसैबीच, इरानको उच्च सैन्य कमाण्डले अमेरिकी कदमको निन्दा गर्दै यसको ‘कडा र निर्णायक जवाफ’ दिने चेतावनी दिएको छ । इरानी सैन्य नेतृत्वले हर्मोज जलडमरूमध्यको व्यवस्थापनमा अमेरिकी हस्तक्षेप सहन नसकिने र आफ्ना सशस्त्र बलहरूले त्यसको उचित प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।
भारतको केरलमा भीषण पहिरोः दुई जनाको मृत्यु, सात बेपत्ता
४ घण्टा अगाडि