बिहिबार, ०३ वैशाख २०८३
शनिबार, १४ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १४ । जेन जी आन्दोलनका क्रममा हेलचेक्राई गर्दा युवाहरुको ज्यान गएको आरोपमा पक्राउ परेका पुर्व प्रधानमन्त्री एवं पार्टी नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओलीको रिहाईको माग गर्दै ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने भएको छ ।
शनिबार बिहान बसेको नेकपा एमालेको बैठकले आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ । र, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय भएको छ । लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने निर्णय भएको छ ।