logo-image

आइतबार, २१ भदौ २०८३

संसद्को पहिलो अधिवेशन आज: पहिलो बैठकमै ओली पक्राउको विरोध जनाउने एमालेको तयारी

बिहिबार, १९ चैत २०८२ · राजनीति

संसद्को पहिलो अधिवेशन आज: पहिलो बैठकमै ओली पक्राउको विरोध जनाउने एमालेको तयारी


काठमाडौं, चैत १९ । संसद्को पहिलो अधिवेशन आजदेखि  सुरु हुँदैछ । पहिलो अधिवेशनमा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विषयमा बिरोध जनाउने भएको छ । 

पहिलो बैठक भएकाले संसद नै अवरुद्ध भने नपार्ने नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद  ऐन महरले जानकारी दिनुभयाे । उहाले भन्नुभयो, ‘आज अध्यक्ष पक्राउको बिषयलाई लिएर हामीले संसदमा नाराबाजी  तथा अवरोध गर्दैनौं, तर  संसदमा उठेर बिरोध जनाउँछौं । ’

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।  संसदको ज्येष्ठ सदस्यका हैसियतले  अर्जुननरसिंह केसीले बैठकको सुरुमा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ । 

आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ  र राप्रपाबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन् । आजकै बैठकबाट सभामुख निर्वाचन तालिका सार्वजनिक हुनेछ ।