शुक्रबार, ०८ जेठ २०८३
शुक्रबार, ०८ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ ८ । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा केही बेरअघि बैठक शुरु भएको हो ।
पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि यो बैठक बोलाइएको हो । गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गर्नुभएको कार्यविभाजन सम्बन्धी प्रश्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ । बैठकले पारित गरेको कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ ।
११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो । आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यसपटक नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागेको हो । –न्युज एजेन्सी नेपाल