logo-image

बिहिबार, ०३ वैशाख २०८३

ओली पक्राउ विरोधमा एमालेको देशभर प्रदर्शन, एक घाइते हुँदा चारको गिरफ्तारी

शनिबार, १४ चैत २०८२ · राजनीति

ओली पक्राउ विरोधमा एमालेको देशभर प्रदर्शन, एक घाइते हुँदा चारको गिरफ्तारी


काठमाडौं, चैत १४ । गत भदौं २३ गते जेन जि आन्दोलनका क्रममा हेलचेक्राई गर्दा विभिन्न ब्यक्तिका मृत्यु भएको आरोपमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै देशभर प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा प्रहरीको लाठी लागेर युवराज ओलीको टाउको फुटेको छ भने अन्य । चार जना पक्राउ परेका छन् । 

प्रदर्शनका क्रममा राजु तिवारी, विमल धमला, जगराज शाही सहित ४ जना गिरफ्तार गरिएको छ । एमालेका २३ वटा जनसंगठनहरूले माइतीघरमा शनिबार अपराह्न विरोध प्रदर्शन गरेका छन् । सरकारविरूद्ध नारा लगाउँदै टायर बाल्नुका साथै प्रदर्शनकारीहरूले केही निजी सवारी साधन समेत तोडफोड गरेका थिए।
माइतीघरको प्रदर्शन उग्र बन्दै जाँदा केही प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट लागेका थिए। उनीहरूले सिंहदरबारमा ढुंगामुढासमेत भएको थियो । अहिले आन्दोलन नियन्त्रणमा आइसकेको छ।