logo-image

बुधबार, २० जेठ २०८३

रिहाइ र शल्यक्रियापछि एमाले अध्यक्ष ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परे, पार्टी संगठन सुदृढीकरणमा जोड

बुधबार, २० जेठ २०८३ · राजनीति

रिहाइ र शल्यक्रियापछि एमाले अध्यक्ष ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परे, पार्टी संगठन सुदृढीकरणमा जोड

काठमाडौं, जेठ २० ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा सहभागी हुनुभएको छ। केही समययता स्वास्थ्य लाभ र आन्तरिक राजनीतिक संवादमा व्यस्त रहनुभएका अध्यक्ष ओली यस विशेष संगठनात्मक कार्यक्रममार्फत सार्वजनिक वृत्तमा सक्रिय देखिनुभएको हो।

यस अवधिमा सार्वजनिक कार्यक्रमहरूमा पातलो उपस्थिति रहे पनि अध्यक्ष ओली पार्टीका सचिवालय बैठकहरू, रणनीति निर्माण र नेताहरूसँगको आन्तरिक संवादमा भने निरन्तर सक्रिय रहँदै आउनुभएको थियो। पत्थरीको सफल शल्यक्रिया र चिकित्सकको सल्लाहबमोजिम केही समय निवासमै आराम गरेपछि उहाँ पूर्ण रूपमा सक्रिय राजनीतिक गतिविधिमा फर्किनुभएको हो।

पार्टीको संगठन सुदृढीकरण र आगामी कार्यदिशा तय गर्ने उद्देश्यले आयोजित आजको यस विशेष राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीसहित एमालेका शीर्ष पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको छ।

 

ताजा समाचार