logo-image

मङ्गलबार, १६ भदौ २०८३

एमाले केन्द्रिय सचिवालय बैठक शुरु, कार्यविभाजन र वरियता निर्धारण मुख्य कार्यसूची (तस्बिरसहित)

सोमबार, ०४ जेठ २०८३ · राजनीति

एमाले केन्द्रिय सचिवालय बैठक शुरु, कार्यविभाजन र वरियता निर्धारण मुख्य कार्यसूची (तस्बिरसहित)

काठमाडौं, जेठ ४ । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा शुरु भएको छ । 

बैठकले नेताहरूको कार्यविभाजनलाई मुख्य एजेडा बनाएको छ । बैठकमा नेताहरूको कार्यविभाजनका अतिरिक्त वरीयता निर्धारण र चुनावी समीक्षाका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । यद्यपि, बैठक प्रारम्भ हुनुअघि सचिवालयका सदस्यहरूलाई छलफलका विषयवस्तुबारे कुनै पूर्वजानकारी गराइएको थिएन । औपचारिक रूपमा एजेण्डा तय नगरिए पनि बैठकमा मुख्यतः नेताहरूको जिम्मेवारी बाँडफाँडकै विषयमा छलफल हुने बुझिएको छ । गत पुसमा ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमालेले हालसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन ।

त्यस्तै, पार्टीको स्थायी कमिटी, पोलिटब्युरो लगायतका कमिटी र विभागहरूले समेत अझै पूर्णता पाउन बाँकी छ । आजको बैठकले यी साङ्गठनिक विषयहरूमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।–न्युज एजेन्सी नेपाल