बिहिबार, ०३ वैशाख २०८३
आइतबार, १५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १५ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयलाई पूर्णता दिने क्रममा प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन्।
लामो समयदेखि बालेनका निकट सहयोगीका रूपमा रहेका बेन र शाहले उहाँ काठमाडौँ महानगरपालिकाको मेयर रहँदा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विशेषगरी बालेन र रवि लामिछानेबीचको सहकार्यलाई मूर्त रूप दिन बेन र शाहको सक्रियता निर्णायक मानिन्छ।