बिहिबार, ३२ असार २०८३
मङ्गलबार, १७ चैत २०८२ · अर्थ
काठमाडौं, चैत १७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको आजको मूल्य अनुसार गोलभेँडा ठूलो प्रतिकिलो ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ कायम भएको छ।
यसैगरी, गाजर प्रतिकिलो ३० र तराईको गाजर भने २० तोकिएको छ। बन्दा (लोकल) प्रतिकिलो ३०, बन्दा (नरिबल) प्रतिकिलो २५ तोकिएको छ भने काउली स्थानीय प्रतिकिलो ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७० कायम भएको छ । बोडी (तने) प्रतिकिलो ८०, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ८५, तिते करेला प्रतिकिलो १४०, लौका प्रतिकिलो ७०, परवर (तराई) प्रतिकिलो ९०, घिरौँला प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो २०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ५० तोकिएको छ ।