logo-image

बिहिबार, ३२ असार २०८३

तिन दिन यतादेखि अमेरिकि डलरको मूल्य स्थिर

सोमबार, ३० चैत २०८२ · अर्थ

तिन दिन यतादेखि अमेरिकि डलरको मूल्य स्थिर

काठमाडौं, चैत ३० । शनिबार र आइतबार कायम भएकै मूल्यमा सोमबार पनि  अमेरिकि डलर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा ताकेको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । 
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६२ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ ।