शनिबार, १२ मंसिर २०८३
बुधबार, १७ असार २०८३ · अर्थ
काठमाडौं असार १७ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा तथा बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर २ सय रुपैयाँ ७ पैसा र बिक्रीदर २ सय रुपैयाँ ८६ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुकका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा तोकिएको छ।
कतारी रियाल तथा यूएई दिराम दुवैको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८९ पैसा, बहराइन दिनारको खरिददर ४०० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५२ पैसा तथा ओमानी रियालको खरिददर ३९२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ३५ पैसा तोकिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।
यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा तथा थाई भाट एकको खरिददर र बिक्रीदर दुवै ४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ १७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५ रुपैयाँ ५८ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ५ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा कायम गरिएको छ।