logo-image

बिहिबार, ०३ वैशाख २०८३

तिते करेलाको तितो मूल्य, किलोकै  १ सय १०

सोमबार, ३० चैत २०८२ · अर्थ

तिते करेलाको तितो मूल्य, किलोकै  १ सय १०

काठमाडौं, चैत ३० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तिते करेलाको मूल्य १ सय १० पुगेको छ । उच्च मूल्य बढ्ने तरकारीको सूचिमा तिते करेला परेको छ ।
गत कात्तिकमा तितो करेलाको मूल्य प्रतिकिलो ५५ रुपैयाँ मात्रै थियो । त्यस्तै भटमान कोसा प्रतिकिलो ३५०, लौका प्रतिकिलो ५०, परवर (लोकल) प्रतिकिलो १००, चिचिन्डो प्रतिकिलो ९० रुपैयाँ रहेको छ ।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३६, आलु रातो प्रतिकिलो २३ र आलु रातो (भारतीय) प्रतिकिलो २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो ३५, बन्दा (तराई) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८०, सेतो मूला (लोकल) प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३२, भन्टा लाम्चो प्रतिकिलो ७० र भन्टा डल्लो प्रतिकिलो ८० कायम भएको छ । साथै , बोडी (तने) प्रतिकिलो १२०, मटरकोसा प्रतिकिलो ९०, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ११० कायम भएको छ।  
घिरौँला प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ७० कायम गरिएको छ ।रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी १००, चमसुर प्रतिकिलो १००, तोरीसाग प्रतिकिलो ४०, मेथी प्रतिकिलो १००, हरियो प्याज प्रतिकिलो १००, बकुला प्रतिकिलो ६०, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो २५०, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकेजी ११०, कोइरालो प्रतिकिलो २६०, रातो बन्दा प्रतिकिलो ४०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकेजी १०० तोकिएको छ ।