logo-image

बुधबार, ३० वैशाख २०८३

प्रमुख प्रतिपक्ष काँग्रेसले भन्योः नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआए संसद बैठक बहिष्कार गर्छौं

बुधबार, ३० वैशाख २०८३ · राजनीति

प्रमुख प्रतिपक्ष काँग्रेसले भन्योः नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआए संसद बैठक बहिष्कार गर्छौं

काठमाडौं, वैशाख ३० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन पनि प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ । 

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम छलफल गरियोस भन्ने प्रश्ताव पेश गर्न हुने तर त्यसको जवाफ प्रधानमन्त्री साह आफैँले दिनुपर्ने धारणा काँग्रेस नेता अर्जुननरसिंह केसीले राख्नुभयो । उहाँले प्रधानमन्त्री साहले संसदलाई उपेक्षा गरेको विषयमा भने आपत्ति जनाउनु भयो । नेता केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा कुनैपनि विषय संसदमा टेबुल गर्न कुनै पनि मन्त्रीले गर्न सक्ने व्यवस्थामा नियमावलीमा भएकाले त्यसलाई रोक्न आवश्यक नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले संसदीय परम्परा र मान्यताहरुको एकपछि अर्को उपेक्षा गर्नुभएको भन्ने आम रुपबाट हाम्रो धारणा हो । खास गरेर अहिले हामीहरु जो उभिरहेका छौँ । हामी सोही धारणाबाट अभिप्रेरित भएर उभिएका हौँ । जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिएको छ । अहिलेसम्मको संसदीय परम्पराको कुरा म यतातिरका साथीहरुलाई पनि आकर्षित गर्न चाहन्छु कि कुनैपनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनैपनि मन्त्रीले प्रधानमन्त्रीले टेबुल गर्ने कुरा गर्नु हाम्रो परम्परा हो । र सभामुखले भन्न खोज्ने भएको धारा ३८ को ब्याख्या पनि त्यही हो । त्यसैले मैले सभामुखज्युमार्फत माननीयज्यूहरुलाई मैले के अनुरोध गर्नं चाहन्छु भने प्रधानमन्त्रीबाट संसदको उपेक्षा भयो भन्ने साथीहरु हुनुहुन्छ । अहिले प्रश्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रश्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन । तर जवाफ दिने बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने हामी बाध्य भएर संसद बहिष्कार गर्छौं ।’ 

सांसद केसीले प्रधानमन्त्री साहको अनुपस्थितिमा कुनैपनि विषय मन्त्रीहरुले संसदमा टेबुल गर्ने कुरा संसदीय परम्परा पनि भएकाले त्यसलाई अवरोध गर्न नमिल्ने पनि स्मरण गराउनु भयो ।–न्युज एजेन्सी नेपाल

ताजा समाचार