logo-image

बिहिबार, ०३ वैशाख २०८३

गडीभाडा बृद्धिले बढाउँदैछ महंगी, कहाँ कहाँ पर्ला असर ?

सोमबार, ३० चैत २०८२ · अर्थ

गडीभाडा बृद्धिले बढाउँदैछ महंगी, कहाँ कहाँ पर्ला असर ?

कठमाडौं,चैत ३० । यात्रुबाहक तथा मालबाहक सवारीसाधानमा बढेको महंगीको असर सर्वसाधारणको चुलोचौकोसम्मनै पुग्ने देखिएको छ। यसैत ग्यास तथा पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण समस्यामा परेका सर्वसाधारणलाई बढेको गाडी भाडाले थप असर पार्ने देखिएको छ। 
यातायातको भाडा २० प्रतिशतसम्म बढेको छ । यात्रुवाहक सवारीको मात्र होइन, मालवाहक सवारीको भाडा पनि उत्तिकै बढेको छ। य सरकारले बुधबार मालवाहक सवारी साधनको भाडा १५ दशमलव सात पाँच प्रतिशत र यात्रुवाहक सवारी साधनको मूल्य १६ दशमलव सात एक प्रतिशतले बढेसँगै यसको असर अर्थतन्त्र बिस्तारमा समेत पर्ने  देखिन्छ । 
पेट्रोलियम पदार्थको मूल्यमा १० प्रतिशत प्रतिशत बृद्धि हुँदा शुन्य दशमलमव चार प्रतिशतले महंगी बढ्ने अन्तर्राष्ट्रिय मान्यता छ । सरकारले गत बुधबार समायोजन गरेको यात्रुबाहक तथा मालबाहकको भाडा बृद्धिले समग्रमा एक प्रतिशत महंगी बढाउने देखिन्छ । 
भान्सादेखि दैनिक प्रयोगमा आउने अरु सबैजसो खर्च पनि बढ्ने हुन्छ । प्रदेश सरकारहरुले संघले वृद्धि गरेभन्दा बढि भाडा हुने गरि मूल्य समायोजन गरे महंगी दर अझ बढि हुनेछ। 
यस्तो महंगीले व्यक्तिको यात्रा खर्च त बढाउँछ नै, सरसामानको ढुवानी हुँदा हुने खर्च पनि बढाउँछ । यसले बस्तुको उत्पादन लागत बढ्छ । कमाइले खर्च धान्न सर्वसाधारणलाई झनै मुस्कील हुन्छ । 
यसरी मूल्य बढ्दा खपत कम हुने र त्यसले अर्थतन्त्र विस्तारमा नै बाधा उत्पन्न गर्नेछ । इन्धनको मूल्य ५ प्रतिशत घटबढ हँुदा मूल्य समायोजन गर्ने गरेको सरकारको भनाई छ । तर, जुन दरमा भाडा बढेको हुन्छ, त्यो उकालो लागेपछि सामान्यतः घटेको पाईँदैन । घटे पनि जुनदरमा बढेको हुन्छ, त्यहि दरमा घट्दैन । यसरी बढेको भाडाले व्यवसायको लागत प्रभावित हुने देखिएको छ । व्यसायीको बढेको लागतको समेत सर्वसाधारणले चर्काे मूल्य तिर्दा अन्त्यमा सर्वसाधारणनै प्रभावित हुन्छन् ।