logo-image

मङ्गलबार, ०८ वैशाख २०८३

नयाँ-नयाँ प्रश्न उठ्नु राम्रो होइन, गृहमन्त्रीले अब मार्ग प्रशस्त गरिदिनुपर्छ: हर्कराज राई

मङ्गलबार, ०८ वैशाख २०८३ · राजनीति

नयाँ-नयाँ प्रश्न उठ्नु राम्रो होइन, गृहमन्त्रीले अब मार्ग प्रशस्त गरिदिनुपर्छ: हर्कराज राई

काठमाडौं, वैशाख ८ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ । 

विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिनुभएको हो । गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरु सुनिने गरेकाले उहाँले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष राईको भनाई थियो । उहाँले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताउनु भयो । 

अध्यक्ष राईले भन्नुभयो,‘त्यो विषय बस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला । उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । अव हप्तामा दुई तिन चोटि सुनिन्छ घरी के घरी के ? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’ 

अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराउनु भयो ।