logo-image

बिहिबार, ३२ असार २०८३

सहकारीमा फसेकाहरुसँग छलफल गर्न सुरु गर्याे सरकारले

मङ्गलबार, १७ चैत २०८२ · अर्थ

सहकारीमा फसेकाहरुसँग छलफल गर्न सुरु गर्याे सरकारले


काठमाडौं, चैत १७ । बचत रकम नै फिर्ता नपाएका सहकारीका बचतकर्तासँग सरकारले आज छलफल गर्न लागेको छ। छलफल कार्यक्रम बिहान ११ः०० बजे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सभाहलमा  हुन लागेको छ । 
 सरकारले एक सय कार्यसूचि  सार्वजनिक गर्दै १०० दिनभित्रै साना बचतकर्ताको रकम फिर्ता गर्ने बताएको छ ।  सोहि अनुरुप मंगलबार बिहान  छलफल बोलाइएको हो । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’लाई पत्र लेख्दै छलफलका लागि बोलाएको छ ।