आइतबार, ०७ असार २०८३
आइतबार, ०७ असार २०८३ · राजनीति
काठमाडौ असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा भव्य रूपमा सुरु हुँदैछ। पार्टी स्थापनापछि पहिलोपटक हुन लागेको यस महाधिवेशनलाई रास्वपाले आफ्नो साङ्गठनिक शक्ति, नयाँ राजनीतिक कार्यदिशा र भावी नेतृत्व चयनलाइ महत्वका साथ हेरिएको छ ।
भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनस्थललाई रवि र बालेनका आकर्षक तस्बिरसहित विशेष रूपमा सजाइएको छ।
केन्द्रीय समितिको प्रस्ताव महाधिवेशनले पार्टीको विधानमा व्यापक परिमार्जन गर्दै केन्द्रीय समितिको आकार विस्तार गर्ने तयारी गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई बढाएर १५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । नयाँ नेतृत्व, समावेशी संरचना (पदाधिकारीमा महिलाको अनिवार्य सहभागिता) र नयाँ रणनीतिक योजना तय गर्ने भएकाले रास्वपाको यो महाधिवेशनलाई देशैभर चासोका साथ हेरिएको छ।
रास्वपाको महाधिवेशनमा राप्रपा अध्यक्ष लिङदेन सहभागी
५५ मिनेट अगाडि
बाजुरामा पवनदूत यातायातको बस दुर्घटना, २४ यात्रु घाइते
५ घण्टा अगाडि