बिहिबार, ०३ वैशाख २०८३
मङ्गलबार, १७ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १७ । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षको समुहले बैठक आह्वान गरेको छ। मंगलबार धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुनेछ ।
२१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने तय गरिएको छ ।
नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी बैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका तयार गरेको थियो । १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने निवर्तमान कार्यवाहक सभापति खड्काले तयारी गरेका छन् ।