बुधबार, २८ असोज २०८३
सोमबार, १९ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १९ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा देशको समसामयिक विषय, विकास निर्माण तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय र छलफल हुने जनाइएको छ।