सोमबार, १९ असोज २०८३
शुक्रबार, १६ असोज २०८३ · मनोरञ्जन
काठमाडौं, असोज १६ । अभिनेता अनमोल केसी अभिनित बहुप्रतिक्षित नेपाली चलचित्र ‘बाटुलो जुन’को आधिकारिक टिजर सार्वजनिक भएको छ।
अभिनेता भुवन केसीको निर्देशनमा तयार भएको यस चलचित्रको टिजरमा अनमोललाई आकर्षक लुक्समा प्रस्तुत गरिएको छ भने नव–नायिका प्रिन्सी खतिवडासँगको उनको जोडीले दर्शकको विशेष ध्यान खिचेको छ।
चलचित्रको टिजर सार्वजनिक गर्दै निर्देशक भुवन केसीले आफ्नो अनुभव साट्दै भनेका छन्, "एउटा निर्देशकको रुपमा शब्दहरुलाई क्यामरामा दुरुस्त उतार्नु सपना जस्तै थियो। तर यो महत्वाकांक्षी कल्पनालाई सफलतापूर्वक पर्दासम्म ल्याउन मेरो टोलीको साथ र सहयोग अनवरत रह्यो। यो यात्राले हामीलाई धेरैपटक गलायो, थकायो र हैरान पनि बनायो। तर यही यात्राले हामीलाई केही दियो पनि, जुन आज पहिलो पटक तपाईँहरुसँग बाड्दैछौँ। चलचित्र पहिलो दृश्य सामाग्री... टिजर। टिजर हेरेर के कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला।"
चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडासँगै गरिमा पन्त, प्रकाश घिमिरे र लक्ष्मी गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ। समीप्यराज तिमल्सिना र सरिन पोखरेलको पटकथा रहेको यस चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का हुन्।
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
एक घण्टा अगाडि
मोरङको हाटखोलाबाट अवैध लत्ताकपडा बरामद
२ घण्टा अगाडि
भक्तपुरको जगातीमा कवाडी कारखानामा भीषण आगलागी
५ घण्टा अगाडि