बिहिबार, ०३ वैशाख २०८३
मङ्गलबार, १० चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र १० । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी भइरहँदा प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारबाट आफ्ना व्यक्तिगत सामानहरू सार्न सुरु गरेकी छन्। उनले बालुवाटारबाट अधिकांश सामान धापासीस्थित आफ्नो निजी निवासमा सारिसकेकी छन्।
प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार उनी चैत १४ गते पूर्ण रूपमा धापासी सर्नेछिन्। नयाँ प्रधानमन्त्रीका लागि बालुवाटार निवास अहिले नै खाली र तयारी अवस्थामा रहेको रावलले जानकारी दिए। लामो समयदेखि खाली रहेको धापासीको घरलाई सरसफाइ गरी बस्न योग्य बनाइएको छ।
लामो समयदेखि खाली रहेका कारण धापासीस्थित निजी निवासमा धुलो र फोहोर जमेको थियो, जसलाई अहिले सरसफाइ गरी बस्न योग्य बनाइएको छ। कार्कीका श्रीमान् दुर्गा सुवेदी यस बीचमा बालुवाटारमै रहँदै आएका थिए। पछिल्लो एक हप्तादेखि कार्की आफैँले दुवै घर आउजाउ गर्दै सामान व्यवस्थापन र सरसफाइको रेखदेख गरिरहेकी छन्।