बिहिबार, ०३ वैशाख २०८३
सोमबार, १६ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १६ । २३ र २४ भदौको 'जेनजी' आन्दोलनमा बल प्रयोग गरी व्यक्ति हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अध्यक्ष ओलीको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा र रमेश लेखकको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
उनीहरूका श्रीमतीहरू (राधिका शाक्य र यशोदा लेखक) ले प्रतिशोधपूर्ण पक्राउ गरिएको दाबी गर्दै रिहाइको माग गरेका छन्। शनिबार पक्राउ परेका दुवै नेतालाई जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिइसकेको छ।