शुक्रबार, १९ भदौ २०८३
सोमबार, २३ चैत २०८२ · राजनीति
काठमाडौं चैत २३ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी आगामी बिहिबारसम्म अनुसन्धान सक्न आदेश दिएको छ । २६ गते भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ ।
न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न भने अस्वीकार गरेको छ । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।
फेवातालमा खस्यो भारतीय नम्बर प्लेटको कार
६ घण्टा अगाडि