logo-image

मङ्गलबार, ०२ भदौ २०८३

सुनसरी र सिरहा घटनाको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा पेस

मङ्गलबार, ०२ भदौ २०८३ · राजनीति

सुनसरी र सिरहा घटनाको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा पेस

काठमाडौं, भदौ २ । सुनसरी र सिरहामा गत साउनमा भएका हिंसात्मक घटनाको अध्ययन गर्न गठित छुट्टाछुट्टै छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएका छन्।

मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाइएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। गत साउन १० गते सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्जमा दुई समुदायबीचको झडपमा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो। सोही विवादको प्रभाव सिरहासम्म पुग्दा अर्ैकै घटनामा गणेश यादवको ज्यान गएको थियो।

घटनाको अध्ययन गर्न गठित दुवै समितिले स्थलगत अध्ययनपछि मंगलबार नै प्रतिवेदन बुझाएका हुन्। मन्त्रालयले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने जनाएको छ।