logo-image

शनिबार, १२ मंसिर २०८३

रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठले गरिन् काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा

बुधबार, ०२ मंसिर २०८३ · राजनीति

रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठले गरिन् काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा


काठमाडौं, मंसिर २ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, “मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने निर्णय गरेकी छु। आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।”

यद्यपि, श्रेष्ठले कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्नेबारे भने स्पष्ट पारेकी छैनन्।

पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठको यो घोषणासँगै आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।