बिहिबार, ०३ वैशाख २०८३
शुक्रबार, १३ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १३ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डलमा सुधन गुरुङले नयाँ गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ।
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको आन्तरिक सुरक्षा र प्रशासनको बागडोर सम्हाल्ने महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
गुरुङले आजै राष्ट्रपति निवास (शीतल निवास) मा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने तयारी पूरा भएको छ। युवा नेतृत्व र 'जेनजी' आन्दोलनको प्रतिनिधिको रूपमा गुरुङलाई चिनिन्छ ।