बुधबार, १७ भदौ २०८३
बुधबार, ०९ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ९ । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको घोषणा गरेका छन्। उनले उक्त जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
किराँतीले करिब पाँच महिनाको पार्टी यात्रामा साथ दिने नेताहरू, सहकर्मी तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै यस अवधिको अनुभवलाई अमूल्य सिकाइको रूपमा लिएको बताएका छन्। उनले पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि भविष्यमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
साथै, उनले जनताको भरोसा र सहिदहरूको अधुरो सपना पूरा गर्ने उद्देश्यसहित देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने प्रतिबद्धता समेत जनाएका छन्।
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
एक घण्टा अगाडि
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
४ घण्टा अगाडि