बुधबार, १७ भदौ २०८३
शुक्रबार, ११ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ११ । काठमाडौंको विभिन्न क्षेत्रका सुकुम्वासी बस्तीका प्रतिनिधिहरु बस्तीमा डोजर नचलाउन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालय वनस्थली पुगेका छन् ।
बस्ती विकास र व्यवस्थापनका नाममा सरकारले डोजर चलाउने तयारी गरिरहेको भन्दै उनीहरु त्रसित छन् । सुकुम्वासीहरुले रास्वपाका नेताहरुसँग भेट गरी आफूहरुको बासस्थानको ग्यारेन्टी नभएसम्म डोजर नचलाउन पहल गरिदिन आग्रह गरेका छन् । रास्वपाका नेताहरुले पार्टीले सुकुम्वासी समस्यालाई नजिकबाट हेरिरहेको र संसदमा पनि यसबारे आवाज उठाउने आश्वासन दिएका छन् ।
सरकारले नदी किनारका सुकुम्वासी बस्ती हटाउने प्रयास गर्दै आएको छ । जसका कारण सुकुम्वासीहरु विभिन्न राजनीतिक दल र निकायको ढोका ढकढक्याइरहेका छन् । रास्वपा अहिले बहुमतका साथ सरकारको नेतृत्वमा छ ।
–न्युज एजेन्सी नेपाल
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
एक घण्टा अगाडि
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
४ घण्टा अगाडि