बिहिबार, २५ असार २०८३
बिहिबार, २५ असार २०८३ · राजनीति
काठमाडौं, असार २५ । निर्माण क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन शाह र व्यवसायीबिच आज विशेष छलफल हुँदै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या र तिनको समाधानका उपायबारे आज निर्माण व्यवसायीहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे तय भएको उक्त बैठकमा निर्माण व्यवसायका व्यावहारिक चुनौती तथा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा केन्द्रित रहेर संवाद हुनेछ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ।
बैठकमा विशेष गरी निर्माण क्षेत्रले भोगिरहेका वर्तमान समस्या, विकास आयोजना कार्यान्वयनमा देखिएका अड्चन, बाँकी भुक्तानीको व्यवस्थापन, नीतिगत सुधार तथा समग्र निर्माण व्यवसायलाई प्रभावकारी र सहज बनाउन आवश्यक पर्ने कदमहरूका विषयमा विस्तृत समीक्षा हुने अपेक्षा गरिएको छ।