logo-image

बिहिबार, ०७ जेठ २०८३

प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरको माग गर्दै संसद् अवरुद्ध, सभामुखले पेलेरै बढाए सदन

बिहिबार, ०७ जेठ २०८३ · राजनीति

प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरको माग गर्दै संसद् अवरुद्ध, सभामुखले पेलेरै बढाए सदन

काठमाडौं, जेठ ७ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, राप्रपा लगायतका विपक्षी दलहरूले वेल घेराउ र नाराबाजी गरी सदन अवरुद्ध गरेका छन्।

विपक्षी सांसदहरूको चर्को विरोध र होहल्लाका कारण बैठक केही समय स्थगित भए पनि सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहसँगको विशेष भेटघाट र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सदनको कारबाहीलाई पेलेरै अगाडि बढाएका हुन्।

 प्रधानमन्त्री शाह उपयुक्त समयमा संसद्‌मा उपस्थित हुने जानकारी दिँदै सभामुख अर्यालले सदन अघि बढाएपछि, विपक्षीको निरन्तर नाराबाजीकै बीच प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री सोविता गौतमले ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव संसद्‌मा पेस गर्नुभएको छ भने विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित नभएसम्म विरोध जारी राख्ने अडान लिएका छन्।