logo-image

मङ्गलबार, १६ भदौ २०८३

मर्यादित भएर गतिविधि गर्न सांसदहरुलाई सभामुख अर्यालको निर्देशन

सोमबार, ०४ जेठ २०८३ · राजनीति

मर्यादित भएर गतिविधि गर्न सांसदहरुलाई सभामुख अर्यालको निर्देशन

काठमाडौं, जेठ ४ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफना गतिविधि गर्न सांसदहरुलाईं निर्देशन दिनुभएको छ । 

सोमवार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चासहित सरकारको विरोध गर्दै सभामुख आसन अगाडी वेलमा पुगेर मौन प्रदर्शन गरेपछि उहाँले त्यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरित रहेकाले नगर्न सांसदहरुलाई सचेत गराउनुभएको हो । 

उहाँले भन्नुभयो,संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो हो । त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरु हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा रहेर विरोध गर्न म यहाँहरुलाई यो आदेशकै रुपमा लिइदिन जानकारी गराउँदछु ।’

अहिले पनि सो पार्टीका सांसदहरुले घाटीमा सरकारको विरोधमा लेखिएको पर्चा झुन्ड्याएर बैठकमा सहभागी हुनुभएको छ ।