logo-image

आइतबार, २४ साउन २०८३

सिताराम गोकुल मिल्क्सद्वारा नयाँ वेबसाइट र मोबाइल एपको घोषणा : अब दुग्धजन्य उत्पादनहरू डिजिटल प्रविधिमार्फत सहजै उपलब्ध हुने

आइतबार, २४ साउन २०८३ · समसामयिक

सिताराम गोकुल मिल्क्सद्वारा नयाँ वेबसाइट र मोबाइल एपको घोषणा : अब दुग्धजन्य उत्पादनहरू डिजिटल प्रविधिमार्फत सहजै उपलब्ध हुने

काठमाडौं, साउन २४ । नेपालको अग्रणी दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेड ले आफ्ना उपभोक्ताहरूलाई थप सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यसका साथै कम्पनीले आगामी एक साताभित्रै एन्ड्रोइड तथा आईओएस दुवै प्लेटफर्ममा उपलब्ध हुने गरी आफ्नै मोबाइल एप पनि सार्वजनिक गर्ने घोषणा गरेको छ ।
कम्पनीको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाको अध्यक्षतामा उक्त डिजिटल प्लेटफर्मको आधिकारिक शुभारम्भ गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “आज सार्वजनिक गरिएको नयाँ वेबसाइट र छिट्टै आउने मोबाइल एपले हाम्रा उपभोक्ताहरूलाई घरमै बसी–बसी शुद्ध दूध, घिउ, दही, पनिर, लस्सी, बटर तथा आइसक्रिम जस्ता उत्पादनहरूको जानकारी लिन र अनलाइन अर्डर गर्न मद्दत पु¥याउनेछ ।“
यस प्लेटफर्ममार्फत ग्राहकहरूले कम्पनीका सम्पूर्ण दुग्धजन्य उत्पादनहरू जस्तै शुद्ध दूध, घिउ, सुगर–फ्री दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर र आइसक्रिमको विस्तृत जानकारी, मूल्य र पोषण विवरण पारदर्शी रूपमा हेर्न र घरमै बसी–बसी सजिलै अनलाइन अर्डर गर्न सक्नेछन् । प्लेटफर्ममा ग्राहकहरूले सब्स्कृप्सन मोडल मार्फत पनि सामाग्रिहरू खरिद गर्न मिल्ने बनाईएको छ । आधुनिक प्रविधिलाई ध्यानमा राख्दै निर्माण गरिएको यस प्लेटफर्ममा ई–सेवा, खल्ती जस्ता डिजिटल वालेट मार्फत सुरक्षित भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । 
कम्पनीले आफ्ना गुणस्तरीय उत्पादनहरूलाई छिटो र प्रभावकारी ढङ्गले उपभोक्ताको घरदैलोसम्म पु¥याउने डिजिटल डेलिभरी प्रणालीलाई प्राथमिकतामा राखेको छ, जसले ग्राहकहरूलाई अझ सहज र उत्कृष्ट सेवाको अनुभव प्रदान गर्नेछ । 

ताजा समाचार