बिहिबार, ३२ असार २०८३
शुक्रबार, ०४ वैशाख २०८३ · अर्थ
काठमाडौं, बैशाख ४ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट रानजीनामा दिएका छन् । अर्थमन्त्री स्वर्णीम वाग्लेको सचिवालयका अनुसार उनले अहिले भर्खरै मन्त्रालयमा राजीनामा बुझाएर बाहिरिएका हुन् ।
विवादका बिचमा सन्तोषनाराणले गत २०८१ मंसिर १० गते धितोपत्र बोर्डमा जिम्मेवारी सम्हालेका थिए । उनिमाथि उर्जा उत्पादकहरुले सर्वसाधारणलाई सेयर निष्काशनका लागि कमिसन् मागेको आरोप लगाउने गरेका थिए । विवादास्पद व्यवसायी दिपक भट्टले रुचाएका कारण उनि धितोपत्र बोर्ड सम्हालेको भन्ने उनिमाथि अहिले पनि आरोप कायमै छ । यद्यपि भट्ट अहिले सरकारको अनुसन्धानको दायरामा परिसकेका छन् ।