logo-image

बिहिबार, ०३ वैशाख २०८३

सिंहदरबारमा मन्त्रिपरिषद्को दोस्रो बैठक सुरु

सोमबार, १६ चैत २०८२ · राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद्को दोस्रो बैठक सुरु

काठमाडौं, चैत १६ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद्को दोस्रो बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहनुभएका सांसद शाहको नेतृत्वमा गत शुक्रबार एकल सरकार गठन भएको थियो। पदभार ग्रहण गरेकै दिन बसेको पहिलो बैठकपछि आजको यो दोस्रो औपचारिक बैठक हो।

पहिलो बैठकले केही सुधारात्मक निर्णयहरू गरेको पृष्ठभूमिमा आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ।