logo-image

बिहिबार, ३२ असार २०८३

१२ वटा सहकारी समस्याग्रस्त घोषणाको लागि बचतकर्ताको माग ( हेर्नुहोस् सूचीसहित )

शुक्रबार, ०४ वैशाख २०८३ · अर्थ

१२ वटा सहकारी समस्याग्रस्त घोषणाको लागि बचतकर्ताको माग ( हेर्नुहोस् सूचीसहित )

काठमाडौं, बैशाख ४ । वर्षाैसम्म सडकमा बचतफिर्ताको माग गर्दै सडकमा आउदा होस् वा त विभिन्न निकाय धाउदा होस् कतैबाट पनि बचतफिर्ता पाउने गुन्जायस नभएपछि सहकारीका बचतकर्ताहरु अहिले सहकारी प्राधिकरण धाउन थालेका छन् । बिहिबार मात्रै १२ वटा सहकारी समस्याग्रस्त घोषणा गरिदिन माग गर्दै पीडितले सहकारी प्राधिकरणमा उजुरी दिएको सहकारी प्राधिकरणले जानकारी दिएको छ ।  
लामो सयमदेखि सहकारी सञ्चालकहरु कारोबार रोकेर बेपत्ता रहेकाले बचतकर्ताको फसेको रकम फिर्ता गर्न समस्याग्रस्त घोषणा गर्न भन्दै प्राधिकरणमा १२ वटा सहकारीका पीडितले उजुरी दिएका हुन् । 
यसअघि गत साउन ६ गते १६ वटा सहकारीका पीडितले पनि ती सहकारी समस्याग्रस्त घोषणा गरिदिन माग गर्दै उजुरी हालेका थिए । जसअनुसार ती संस्थालाई समस्याग्रस्त घोषणा गर्न प्राधिकरणले प्रक्रिया अघि बढाइसकेको छ । 
समस्याग्रस्त घोषणाको प्रक्रियाका लागि प्राधिकरणले मन्त्रालयमा फाइल पठाएको भएसँगै मन्त्रालयले प्राधिकरणसँग अन्य नियामक निकायको धारणा पनि मागेको छ । १६ वटाको प्रक्रिया अपुरो रहँदै फेरि अन्य सहकारीका बचतकर्ताले समस्याग्रस्त घोषणाको माग गरेका हुन् । 
समस्याग्रस्त घोषणा गरिदिन माग गरेका अधिकांश सहकारी काठमाडौंमै सञ्चालनमा रहेका छन् भने काभ्रेको पशुपति बचत तथा ऋण सहकारी पनि समस्याग्रस्त घोषणा गरिदिन बचतकर्ताको माग छ ।
 यि हुन् समस्याग्रत घोषणा गरिदिन माग गरेका सहकारीहरु 
पशुपति बचत तथा ऋण सहकारी, काभ्रे 
उत्तम बचत तथा ऋण सहकारी, काठमाडौं
नमस्ते बचत तथा ऋण सहकारी, काठमाडौं
क्लीयर बचत तथा ऋण सहकारी, काठमाडौं
साना वित्त विकास बचत तथा ऋण सहकारी, काठमाडौं
अभिलाषा बचत तथा ऋण सहकारी, काठमाडौं 
उपहार बचत तथा ऋण सहकारी, काठमाडौं
मयुर स्वीकार बचत तथा ऋण सहकारी, काठमाडौं
एक्सचेन्ज सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, काठमाडौं
 युनिफाइड बचत तथा ऋण सहकारी, काठमाडौं
लसकुस बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौं
 लजगा बचत तथा ऋण सहकारी, काठमाडौं