logo-image

बिहिबार, ३२ असार २०८३

कुमार घैटे समुहबाट उदाएका  सानुभाई पक्राउ

आइतबार, २२ चैत २०८२ · अर्थ

कुमार घैटे समुहबाट उदाएका  सानुभाई पक्राउ

काठमाडौं, चैत २२ । कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । 
गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको हो । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।
२०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्बर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।
२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।