logo-image

मङ्गलबार, २६ साउन २०८३

सन्दीप लामिछाने बने नेपाली क्रिकेट टोलीको कप्तान

मङ्गलबार, २६ साउन २०८३ · खेलकुद

सन्दीप लामिछाने बने नेपाली क्रिकेट टोलीको कप्तान

काठमाडौं, साउन २६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लगातारको खराब प्रदर्शनपछि रोहित पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीपलाई नयाँ नेतृत्व सुम्पिएको हो।

यससँगै सन्दीप चार वर्षको अन्तरालपछि पुनः राष्ट्रिय टोलीको कप्तानी भूमिकामा फर्किएका छन्। यसअघि उनी सन् २०२२ मा कप्तान बनेका थिए भने पछि बलात्कार मुद्दाका कारण कप्तानीबाट हटाइएका थिए। क्यानको यो निर्णयसँगै रोहित पौडेलले ओडिआई र टी–२० दुवै फरमेटको कप्तानी गुमाएका छन्। 

सन्दीपको कप्तानीमा नेपालले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ। प्रतियोगिता ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म मलेसियामा सञ्चालन हुनेछ। आईसीसी विश्वकप लिग–२ मा नेपालले १० प्रदर्शन गरेपछि क्यानले यो ठूलो फेरबदल गरेको हो।

नयाँ कप्तान सन्दीपको नेतृत्वमा घोषित नेपाली टोली:
    सन्दीप लामिछाने (कप्तान)
    आसिफ शेख
    अर्जुन कुमाल
    रोहित पौडेल
    देव खनाल
    दीपेन्द्रसिंह ऐरी
    सन्दीप जोरा
    बसिर अहमद
    इशान पाण्डे
    गुल्सन झा
    शेर मल्ल
    ललित राजवंशी
    करण केसी
    हेमन्त थामी