logo-image

बिहिबार, ३२ असार २०८३

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

सोमबार, ०९ चैत २०८२ · अर्थ

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने



काठमाडौं, चैत्र ९ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनतालाई एक सय रुपैंयाँ अंकित मुल्य कायम रहने आठ करोड ५० लाख रुपैंयाँ बराबरको आठ लाख ५० हजार कित्ता र सर्वधारणलाई पनि सोही परिपारणमा शेयर जारी गर्न लागेको हो ।

यसको लागि कम्पनीले नष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् । 

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई  २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।