बुधबार, ३० वैशाख २०८३
बुधबार, ३० वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ३० । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रम छलफल हुनुपर्ने जिकिर गरेको छ ।
विपक्ष दलले प्रधानमन्त्री बालेन्द्र साहको अनिवार्य उपस्थितिको मा गर्दै संसद बैठक अवरुद्ध पारिरहँदा सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सो कुरा बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको सो प्रश्ताव मन्त्रीले प्रश्ताव गर्दा हुने तर सो विषय प्रधानमन्त्रीको उपस्थिति विना छलफल हुँदैन भन्नेकुरा हुनै नसक्ने बताउनु भयो । उहाँले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थिति विना सो विषयमा छलफल गर्ननमिल्ने भन्नेकुरा नभएकोतर्फ पनि विपक्ष दलहरुको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो,‘यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन ।र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी सहमती गरेर यो दोस्रो बैठकमा आयौ । त्यसो भएपछि कि त प्रधानमन्त्रीको अनुहार नै हेर्नेहो भन्ने हुनु प¥यो । अन्यथा टेबुलगरिसकेको कुरा छलफलमा जानुपर्छ, टेबुल गर्न दिने तर छलफलमा नजाने भन्नेकुरा हुँदैन । कुनैपनि नियमा यस्तो छैन । यो त भएन ।’
प्रमुख सचेतक बुर्लाकोटीले विपक्ष दलहरुले प्रधानमन्त्रीको अनुहार हेर्न चाहे जसरी कुरा गरेको भन्दै कटाक्ष पनि गर्नुभयो ।
धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो
३ घण्टा अगाडि