शुक्रबार, २२ जेठ २०८३
शुक्रबार, २२ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २२ । भारतीय जनता पार्टी (भाजपा) को मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोली अयोध्या पुगेको छ। नयाँ दिल्लीमा राजनीतिक तथा कूटनीतिक भेटघाटहरू सम्पन्न गरेर रास्वपा टोली अयोध्या प्रस्थान गरेको हो।
अयोध्या पुगेर सभापति लामिछाने, रास्वपा सांसदद्वय विपिन आचार्य र दीपक बोहरा, तथा निकिता पौडेलले राम मन्दिरको दर्शन एवं पूजा-अर्चना गरेको लामिछानेको सचिवालयले जनाएको छ। उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ ।
यसअघि नयाँ दिल्लीमा रहँदा सभापति लामिछानेले भाजपाका केन्द्रीय नेता नितिन नवीन लगायतका प्रभावशाली नेताहरूसँग भेटवार्ता गरेका थिए। कूटनीतिक संवादका क्रममा उनले भारतका लागि अमेरिकी राजदूत एवं दक्षिण एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरसँग पनि छुट्टै भेटघाट र छलफल गरेका थिए।