logo-image

मङ्गलबार, २९ वैशाख २०८३

रास्वपा सुव्यवस्थित विचारधारा भएको दल होइन, यो एउटा स्टन्ट मात्र हो: रामबहादुर थापा

मङ्गलबार, २९ वैशाख २०८३ · राजनीति

रास्वपा सुव्यवस्थित विचारधारा भएको दल होइन, यो एउटा स्टन्ट मात्र हो: रामबहादुर थापा


काठमाडौं, वैशाख २९ । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वैचारिक आधार र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । 

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न उठाउनुभएको हो । थापाले  रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाउनु भयो । 

नेता थापाले भन्नुभयो, ‘रास्वपा कुनै सुसज्जित विचारधारमा आधारित दल होइन । यो आकस्मिक अप्रत्याशित रुपमा उत्पन्न भएको अति महत्वकाँक्षी अराजक जमातहरुको अस्थायी गठजोड हो । यो दार्शनिक रुपमा सारसंग्रवाद र राजनीतिक रुपमा लोकप्रियतावादको दलदले जगमा अडिएको हो । यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो । यो रुपमा अत्यन्त प्रिय देखिन्छ । तर सार परिणाममा अत्यन्तै  घातक हुन्छ । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो ।’

उहाँले  रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताउनु भयो । 

 

ताजा समाचार