बिहिबार, ०३ वैशाख २०८३
बिहिबार, १९ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको उपेक्षामा पर्दै आएको दलित समुदायसँग संसदबाटै माफी माग्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभापति लामिछानेले दलित समुदायसँग माफी माग्नुभएको हो । उहाँले सांसद खगेन्द्र सुनारले निर्वाचनको क्रममा माफी मागेको उल्लेख गर्दै राज्यले कहिल्यै दलित समुदायसँग माफी माग्यो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ । चुनावी दौडका शिलशिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन, उहाँले गल्ति गर्नुभएको कि भएन । तर उहाँले माफी माग्नुभयो । म आज यो सदनबाट सिंगो देशलाई भन्न चाहान्छु । के हामीले वर्षौँदेखि खगेन्द्र सुनारहरुमाथि अन्याय हुँदा माफी माग्यौँ ? यो देशका दलित समूदायलाई आज मैले सार्वजनिक क्षमायाचनासहित केही भन्नु छ । यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामुहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट ।’
दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध रहेको उहाँको भनाइ छ ।