logo-image

बिहिबार, १८ भदौ २०८३

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

बिहिबार, २६ चैत २०८२ · राजनीति

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

काठमाडौं, चैत २६ ।  प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

समानुपातिक सांसद लामाले बिहीवार तोकिएको समयभित्र उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नै उम्मेदवारी दर्ता गएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिनुभयो ।

सभाको सभामुख रास्वपाबाट भएको कारण संवैधानिक व्यवस्थाअनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख हुनुपर्ने व्यवस्था छ । ओलीले आफूले उपसभामुख पद लिन नचाहेकै कारण पार्टीले लामालाई अघि सारेको जिकिर समेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले उपसभामुखमा उम्मेदवारी दिएका छौँ । रास्वपाको समर्थनमै उम्मेदवारी दिएका हौँ । डेमोक्र्याटिक प्र्याक्टिस हो सबैले दाबी गर्न पाइहाल्नुहुन्छ । धेरै ठाउँमा उपसभामुखमा मेरो चर्चा भइरहेको भएपनि मैले यो पद लिने पक्षमा आफू नभएको भनिरहेको थिएँ । मैले हिजै पनि अध्यक्षज्यूलाई भेटेर म यो पद लिन्नँ भनिसकेको थिएँ ।’

उपसभामुखको निर्वाचन शुक्रवार हुँदैछ । 

–न्युज एजेन्सी नेपाल