logo-image

शुक्रबार, ३० असोज २०८३

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत कार्य तिब्र (तस्बिरसहित)

बुधबार, १७ भदौ २०८३ · समसामयिक

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत कार्य तिब्र (तस्बिरसहित)

काठमाडौं, भदौ १७ ।  गत भदौ १० गते बुधवार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको छ ।

बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका नागरिक, संकलन गरिएका शव तथा राहत एवं उद्धार सामग्रीहरू हाल धुन्चेस्थित नेपाली सेनाको क्याम्पमा ल्याइएको छ । विपद्पश्चात नेपाली सेनाले प्रभावित क्षेत्रहरूमा तिब्र रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ ।

बाढीका कारण प्रभावित भएका विभिन्न स्थानबाट मानिसहरूको उद्धार गर्ने र संकलित शवहरूको व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । साथै, पीडितहरूका लागि आवश्यक उद्धार सामग्रीहरू पनि सोही क्याम्पमा संकलन गरी वितरणको तयारी भइरहेको छ । बाढीले पु¥याएको क्षतिको थप विवरण संकलन गर्ने क्रम जारी रहेको छ ।

हालसम्म बाढीमा परी निधन भएका १ हजार बढी शवहरु फेला परेका छन् । करिव ४ हजार मानिस सम्पर्कबिहीन भएका छन् । 
तस्बिरहरुः अनुप प्रधान,न्युज एजेन्सी नेपाल