logo-image

आइतबार, १४ भदौ २०८३

अर्थविद् केशव आचार्यको निधन

सोमबार, ०९ चैत २०८२ · समसामयिक

अर्थविद् केशव आचार्यको निधन



काठमाडौं, चैत्र ९ । नेपालका प्रख्यात अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्यको ७२ वर्षको उमेरमा सोमबार निधन भएको छ।

मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिनुभएका आचार्यको सोमबार बिहान ९:५५ बजे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। लामो समय नेपालको अर्थतन्त्रको विश्लेषण र नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका आचार्यका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ।

आचार्यको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार गरिने जानकारी दिइएको छ। उहाँले नेपाल राष्ट्र बैंकमा लामो समय कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुका साथै अर्थ मन्त्रालयमा सल्लाहकारको रूपमा समेत सेवा पुर्‍याउनुभएको थियो।